रचनात्मक कार्य गर्दै ताप्लेजुङमा तरुण दलले मनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ
कार्तिक १० गते । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित फलफूल वितरण कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला कार्यसमितिका कार्यवाहक सभापति पृथ्वीमान पालुङ्गाको नेतृत्वमा गएको नेता तथा कार्यकर्ताहरूको टोलीले अस्पतालमा उपचाररत बिरामीहरूको शय्यामा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै फलफूल वितरण गरेको थियो।
कार्यक्रममा जिल्ला कार्यसमितिका सचिव डम्बर हाङ्गाम, फुङ्लिङ नगर सभापति विनोद गुरुङ, महाधिवेशन प्रतिनिधि शिला इजमलगायत तरुण दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नेपाल तरुण दलले विभिन्न रचनात्मक तथा सामाजिक कार्य गर्दै स्थापना दिवस मनाउने क्रममा यस वर्ष अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा तरुण दलका नेताहरूले बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

प्रतिनिधिसभा सदस्य न्यौपाने गृह जिल्ला ताप्लेजुङमा
रेडियो ताप्लेजुङ कार्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएको छ। बडादशैँका
..jpeg)
संविधानसभा सदस्य मादेन श्रम संस्कृति पार्टी प्रवेश गर्दै
रेडियो ताप्लेजुङ असोज ३१ गते । संविधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने हुनुभएको छ। रेडियो ताप्लेजुङमार्फत

ताप्लेजुङमा रास्वपाको र्यापिड एक्सन टिम गठन
रेडियो ताप्लेजुङ असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङमा र्यापिड एक्सन टिम गठन गरेको छ। बुधबार सदरमुकामस्थित होटल



.jpeg)


..jpeg)

प्रतिकृया दिनुहोस