ताजा खबर

महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द

SITENAME

रेडियो ताप्लेजुङ
आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको छ।

जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित गर्नुपरेको नेपाल वायुसेवा निगम ताप्लेजुङ स्टेसनले जनाएको छ। काठमाडौँबाट ताप्लेजुङका लागि उडान भर्न ठिक्क परेको जहाजमा इन्धन पास नभएर समस्या आएपछि आजको उडान रद्द गरिएको स्टेसनले जनाएको हो।

स्टेसनका अनुसार जहाजमा यात्रुसमेत चढाइसकिएको थियो। तर, अन्तिम समयमा प्राविधिक समस्या देखिएपछि उडान स्थगित गर्नुपरेको हो।

सुकेटार विमानस्थलमा पछिल्लो समय जेठ २२ गतेदेखि नियमित उडान सेवा ठप्प रहेको छ। विमानस्थल भए पनि नियमित उडान नहुँदा ताप्लेजुङका नागरिकले हवाई सेवाको सुविधा प्रभावकारी रूपमा उपयोग गर्न पाइरहेका छैनन्।

यसअघि ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ हप्तामा तीन दिन हवाई सेवा सञ्चालन गर्ने भनिएको थियो। तर, मौसमको समस्या, यात्रु अभावलगायतका कारण उडान सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

शरद ऋतु तथा चाडपर्वको मौसम सुरु भएकाले सुकेटार विमानस्थलमा नियमित र प्रभावकारी रूपमा उडान सञ्चालन भए ताप्लेजुङ भित्रिने पर्यटक तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

 

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

SITENAME

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार