ताप्लेजुङ युके युवा समाजद्वारा जटिल रोगबाट पीडित तीनजनालाई नगद सहयोग

रेडियो ताप्लेजुङ
कार्तिक १० गते । ताप्लेजुङ युके युवा समाज यूकेले जटिल रोगबाट पीडित ताप्लेजुङका तीन जनालाई आर्थिक सहयोग गरेको छ।
मङ्गलबार एक कार्यक्रमबीच मेरुदण्डसम्बन्धी समस्याबाट पीडित भई उपचाररत फुङ्लिङ नगरपालिका–६ का दिनेश मादेनलाई ८० हजार रुपैयाँ सहयोग गरिएको छ। त्यस्तै, मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका मिर्गौला पीडित मिङमा खाण्डु शेर्पा र क्यान्सर पीडित मिङमा छेम्वी शेर्पालाई ४०/४० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको हो। तीनै जनालाई गरी कुल एक लाख ६० हजार रुपैयाँ सहयोग गरिएको संस्थाले जनाएको छ।
उपचारका लागि आर्थिक अभाव झेलिरहेका बिरामी तथा उनीहरूका परिवारलाई केही भए पनि राहत पुग्ने अपेक्षासहित सहयोग गरिएको संस्थाले जनाएको छ। उक्त रकम बिरामीका आफन्तहरूले बुझेका छन्।
बेलायतमा रहेका ताप्लेजुङका युवाहरूलाई सामाजिक कार्यमा जोड्ने उद्देश्यले सन् २०२० मा स्थापना भएको संस्थाले हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिसकेको महासचिव दिनेश लिङ्खिमले जानकारी दिनुभएको छ। उहाँले आगामी दिनमा पनि संस्थामार्फत सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
.jpeg)
‘अर्नव’ चक्रवातको प्रभाव ताप्लेजुङमा समेत पर्ने भन्दै सतर्क रहन प्रशासनको आग्रह
रेडियो ताप्लेजुङ कार्तिक १० गते । भारतमा विकसित ‘अर्नव’ चक्रवातको शक्तिशाली प्रभाव ताप्लेजुङमा समेत देखिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय
..jpeg)
पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु
रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ



.jpeg)


..jpeg)

प्रतिकृया दिनुहोस