ताजा खबर

‘अर्नव’ चक्रवातको प्रभाव ताप्लेजुङमा समेत पर्ने भन्दै सतर्क रहन प्रशासनको आग्रह

SITENAME

रेडियो ताप्लेजुङ


कार्तिक १० गते । भारतमा विकसित ‘अर्नव’ चक्रवातको शक्तिशाली प्रभाव ताप्लेजुङमा समेत देखिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सतर्क रहन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म चक्रवातको प्रभावले आँधीसँगै भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्नुभएको छ।

नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव, हावाहुरी र चट्याङ पर्न सक्ने तथा सडक र हवाई यात्रा समेत प्रभावित हुन सक्ने जोखिम रहेको जारी सूचनामा औँल्याइएको छ। पर्यटकहरूलाई उच्च हिमाली तथा पहाडी क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ।

त्यस्तै, कृषकहरूलाई मौसम पूर्ण रूपमा नखुलेसम्म अन्नबाली काट्ने योजना नबनाउन तथा काटिसकेको अन्नबाली सुरक्षित राख्न आग्रह गरिएको छ। साथै, प्रशासनद्वारा जारी सूचनामा मौसम विज्ञान विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित जानकारी लिन आह्वान गरिएको छ।

मौसमसम्बन्धी पछिल्ला विवरणअनुसार, अर्नव चक्रवातको प्रभाव नेपालमा अक्टोबर २८ देखि नोभेम्बर १ (कात्तिक १२ देखि १५ गते) सम्म पर्न सक्ने र अक्टोबर ३०–३१ (कात्तिक १४–१५ गते) मा वर्षाको सम्भावना बढी रहने अनुमान गरिएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङ युके युवा समाजद्वारा जटिल रोगबाट पीडित तीनजनालाई नगद सहयोग

रेडियो ताप्लेजुङ कार्तिक १० गते । ताप्लेजुङ युके युवा समाज यूकेले जटिल रोगबाट पीडित ताप्लेजुङका तीन जनालाई आर्थिक सहयोग गरेको छ। मङ्गलबार एक

SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ