निङमा छ्योखोरलिङ गुम्बा ढलानका लागि स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान

रेडियो ताप्लेजुङ
कार्तिक १ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित निङमा छ्योखोरलिङ गुम्बाको पहिलो तला सिलिङ ढलानका लागि आइतबार स्वतःस्फूर्त रूपमा उल्लेखनीय जनश्रमदान भएको छ।
गुम्बा पुनर्निर्माण समितिका अनुसार ३४३ जनाले स्वतःस्फूर्त श्रमदान गरेका छन्। समितिका अध्यक्ष देवराज गुरुङले उक्त सङ्ख्यामा श्रमदान गर्नेहरूको हाजिरी गरिएको जानकारी दिनुभएको छ।
यो समाचार तयार पार्दासम्म गुम्बाको ढलान जारी छ। ८५० बोरा सिमेन्टको ढलाइ भएकाले अबको तीन–चार घण्टासम्म लाग्न सक्ने उहाँले जानकारी दिनुभएको छ।
७२५ बोरा सिमेन्ट विभिन्न दाताहरूले निःशुल्क उपलब्ध गराएका हुन्। दाताहरूले उपलब्ध गराएका सिमेन्टमध्ये १०० बोरा भने आफैँ निर्माणस्थलसम्म पुर्याइदिएका थिए। बाँकी समितिले नै ढुवानी गरेर निर्माणस्थलमा पुर्याएको हो।
गत वैशाख १९ गतेबाट सुरु भएको गुम्बा पुनर्निर्माणको काम तीन वर्षभित्र सकाउने लक्ष्य रहेको छ। समितिका अध्यक्ष गुरुङ सोचेजस्तोभन्दा चाँडो कार्यप्रगति भइरहेको बताउँदै यही अवस्थामा काम अघि बढ्ने हो भने तीन वर्ष नलाग्ने बताउनुहुन्छ।
साढे ८ करोड लागतमा बन्ने गुम्बामा छोर्तेन, गेट, सजावटका तस्बिर, त्रिरत्न र बुद्ध भगवान्को सालिक तथा आँगनमा बिछ्याइने ढुङ्गालगायत समावेश रहेका छन्।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु
रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार


..jpeg)


प्रतिकृया दिनुहोस