ताजा खबर

पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन

SITENAME

रेडियो ताप्लेजुङ


असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार यो आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी सङ्कलन भएको हो।

हाङबाङका अनुसार उक्त अवधिमा २० हजार ५ सय २२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्।

साउन महिनामा भक्तजनको सङ्ख्या २ हजार ४६९ जना रह्यो भने भेटी रकम ३ लाख १८ हजार ५०० सङ्कलन भएको थियो। भदौ महिनामा ६ हजार १२३ जना भक्तजन पुग्दा १३ लाख ६७ हजार भेटी सङ्कलन भएको क्षेत्र विकास समितिले जनाएको छ।

त्यस्तै, असोज महिनामा ११ हजार ९३० जना भक्तजन दर्शनका लागि पुग्दा १६ लाख ४१ हजार १५० भेटी सङ्कलन भएको छ।

समुद्र सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा मन्दिरमा दर्शनका लागि बर्सेनि नेपाल, भारतलगायत विभिन्न मुलुकका दर्शनार्थीहरू आउने गर्दछन्।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

SITENAME

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार