पाथीभरा दर्शनार्थीको सङ्ख्यामा कमी आयो
..jpeg)
रेडियो ताप्लेजुङ
असोज ३० गते ।नवरात्रको समयमा अधिक भिड हुने ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा कमी आएको छ।
हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेकामा अन्धशुक्ल परेकाले हाल सयौँको सङ्ख्यामा मात्रै दर्शनार्थीहरु आइरहेका पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।
" भाकल गरेका दर्शनार्थीले अन्धसुक्लका बेला भाकल लिएर गएमा पूरा नहुने मान्यताका कारण यो समयमा दर्शनार्थीहरूको उपस्थिति छैन, भाकल नभई पूजाका लागि आउने भक्तजनहरू भने आइरहनुभएको छ। । " महतले भन्नुभयो ।
माथिल्लो फेदी क्षेत्रमा तीर्थयात्रीहरूको चहलपहललाई हेरेर बताउने हो भने आज ५०० देखि ६०० जनासम्म भक्तजन आउन सक्ने उहाँको भनाइ छ।विगतका वर्षहरूको तुलनामा सदरमुकाम फङ्लिङमासमेत तीर्थयात्रीको चहलपहल कम देखिएको छ । भ्याइ नभ्याई हुने यातायात व्यवसायीहरू समेत अहिले फुर्सदिला देखिन्छन् ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु
रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार


..jpeg)


प्रतिकृया दिनुहोस