ताजा खबर

फक्ताङलुङ गाउँपालिकाद्वारा दुर्गम हिमाली क्षेत्रहरूमा पशुसेवा सम्बन्धी शिविर 

SITENAME

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले विकट हिमाली क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको पशुसेवा शाखा अन्तर्गत आर्थिक वर्ष  २०८३/ ८४ को वार्षिक स्वीकृत कार्यक्रम " हिमाली भेगका लागि पशु स्वास्थ्य शिविर तथा स्थलगत उपचार कार्यक्रम " साथै खोरेत रोग विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। जस अन्तर्गत समुद्र सतहदेखि ३२०० मिटरको ओलाङचुङगोला र ४२०० मिटर उचाइमा रहेको याङमा बस्तीमा शिविर सम्पन्न भएको छ। पालिकाका एक देखि ७ तहसम्म संवेदनशील क्षेत्रमा कोप कार्यक्रमको लक्ष्यअनुसार शिविर सञ्चालन गरिएको बताइएको छ । उक्त कार्यक्रमबाट स्थानीय स्तरमा पशु स्वास्थ्य सेवा परामर्श र पशुपालन व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिँदै पालिकाले शिविर सञ्चालन गर्नका निमित्त सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरेको छ।

 

 

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङ युके युवा समाजद्वारा जटिल रोगबाट पीडित तीनजनालाई नगद सहयोग

रेडियो ताप्लेजुङ कार्तिक १० गते । ताप्लेजुङ युके युवा समाज यूकेले जटिल रोगबाट पीडित ताप्लेजुङका तीन जनालाई आर्थिक सहयोग गरेको छ। मङ्गलबार एक

SITENAME

‘अर्नव’ चक्रवातको प्रभाव ताप्लेजुङमा समेत पर्ने भन्दै सतर्क रहन प्रशासनको आग्रह

रेडियो ताप्लेजुङ कार्तिक १० गते । भारतमा विकसित ‘अर्नव’ चक्रवातको शक्तिशाली प्रभाव ताप्लेजुङमा समेत देखिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय

SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका