फक्ताङलुङ गाउँपालिकाद्वारा दुर्गम हिमाली क्षेत्रहरूमा पशुसेवा सम्बन्धी शिविर

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले विकट हिमाली क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको पशुसेवा शाखा अन्तर्गत आर्थिक वर्ष २०८३/ ८४ को वार्षिक स्वीकृत कार्यक्रम " हिमाली भेगका लागि पशु स्वास्थ्य शिविर तथा स्थलगत उपचार कार्यक्रम " साथै खोरेत रोग विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। जस अन्तर्गत समुद्र सतहदेखि ३२०० मिटरको ओलाङचुङगोला र ४२०० मिटर उचाइमा रहेको याङमा बस्तीमा शिविर सम्पन्न भएको छ। पालिकाका एक देखि ७ तहसम्म संवेदनशील क्षेत्रमा कोप कार्यक्रमको लक्ष्यअनुसार शिविर सञ्चालन गरिएको बताइएको छ । उक्त कार्यक्रमबाट स्थानीय स्तरमा पशु स्वास्थ्य सेवा परामर्श र पशुपालन व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिँदै पालिकाले शिविर सञ्चालन गर्नका निमित्त सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु
रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार


..jpeg)


प्रतिकृया दिनुहोस