ताजा खबर

चाडपर्व लक्षित आकस्मिक स्वास्थ्य सेवाका लागि मेरिङदेनद्वारा विशेष योजना

SITENAME

रेडियो ताप्लेजुङ


असोज २७ गते । चाडबाडको छुट्टीको समयमा आकस्मिक स्वास्थ्य सेवाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विशेष योजना अघि सारेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद केदेमका अनुसार बडादसैँको नौ दिनको बिदाको समयमा कुनै पनि आकस्मिक वा प्रसूति सेवा आवश्यक परेमा ११ जना स्वास्थ्यकर्मीलाई सेवाका लागि खटाइएको छ। सबै वडाबाट प्रतिनिधित्व हुने गरी स्वास्थ्यकर्मीलाई खटाइएको र आवश्यक परे उहाँहरूको मोबाइल नम्बरमा सम्पर्क गरी अत्यावश्यक तथा प्रसूति सेवा लिन पालिकाले अनुरोध गरेको छ।

पाँचवटा वडामा दुई-दुई जना स्वास्थ्यकर्मीलाई खटाइएको छ भने तीन नम्बर वडा खाम्लुङमा एक जना स्वास्थ्यकर्मीलाई खटाइएको पालिकाले जनाएको छ।

बडादसैँको बिदा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म जम्मा नौ दिन रहने पालिकाले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

 

 

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

SITENAME

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार