ताप्लेजुङमा दलित मुक्ति मोर्चाको एकता भेला सम्पन्न

रेडियो ताप्लेजुङ
असोज २५ गते ।साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा र दलित मुक्ति सङ्गठनको एकता भेला सदरमुकाम फुङ्लिङमा सम्पन्न भएको छ।
भेलाले संयोजकमा दिनेश खाती र सहसंयोजकमा कृष्ण लुहारसहित ९५ सदस्यीय कमिटी गठन गरेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता भई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि यी सङ्गठनहरूलाई पनि एकता गरिएको नेकपाका प्रदेश कमिटी सदस्य गङ्गा शङ्करले जानकारी दिनुभयो।
एकतापछि सङ्गठनको नाम ‘दलित मुक्ति मोर्चा’ राखिएको छ। उक्त भेलाबाट १७ सदस्यीय संयोजन समिति समेत गठन गरिएको शङ्करले जानकारी दिनुभयो।
पार्टी कार्यालय फुङ्लिङमा सम्पन्न भेलामा पार्टीका प्रदेश कमिटीस्तरका नेताहरू विष्णु हाङबाङ, निता कुमारी सिवा, सागरमणि गौतम र नेत्र नेपालीलगायतको उपस्थिति रहेको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

प्रतिनिधिसभा सदस्य न्यौपाने गृह जिल्ला ताप्लेजुङमा
रेडियो ताप्लेजुङ कार्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएको छ। बडादशैँका
..jpeg)
संविधानसभा सदस्य मादेन श्रम संस्कृति पार्टी प्रवेश गर्दै
रेडियो ताप्लेजुङ असोज ३१ गते । संविधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने हुनुभएको छ। रेडियो ताप्लेजुङमार्फत

ताप्लेजुङमा रास्वपाको र्यापिड एक्सन टिम गठन
रेडियो ताप्लेजुङ असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङमा र्यापिड एक्सन टिम गठन गरेको छ। बुधबार सदरमुकामस्थित होटल


..jpeg)


प्रतिकृया दिनुहोस