मिक्वाखोलाको पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन

रेडियो ताप्लेजुङ
असोज २३ गते । मिक्वाखोला गाउँपालिका–४ स्थित थलाङमा पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन भएको छ। ६ करोड ७८ लाख ५३३ रुपैयाँ लागतमा निर्मित भवनको शुक्रबार विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो। शिलान्यास भएको ६ वर्षपछि भवनको उद्घाटन भएको हो। २०७८ साल असार ३० गते उक्त भवनको शिलान्यास गरिएको गाउँपालिकाले जनाएको छ।
भवन उद्घाटनका क्रममा जग्गादाता स्थानीयलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको छ। भवन निर्माणका लागि दुई–दुई रोपनीका दरले जग्गा दान गर्ने स्थानीय देउप्रसाद थलङ र शमशेर थलङलाई सम्मान गरिएको हो भने स्वर्गीय हेमराज थलङका पारिवारिक सदस्यलाई समेत सम्मान गरिएको बताइएको छ।
तिहारपछि अस्पतालबाट सेवा प्रवाह गर्ने उद्देश्यले कर्मचारी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभएको छ। जसका लागि पालिकाले सात जना कर्मचारी करार सेवामा पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमका अनुसार आठौँ तहका एक जना मेडिकल अधिकृत, पाँचौँ तहका एक जना स्टाफ नर्स, चौथो तहका दुई जना ल्याब असिस्टेन्ट र तीन जना कार्यालय सहयोगी नियुक्त गरिनेछ।
उक्त स्वास्थ्य संस्था सञ्चालनमा आएपछि करिब २० हजार नागरिकले स्वास्थ्य सेवा पाउने पालिका उपाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो।
अस्पताल सम्पन्न भएपछि ग्रामीण भेगका नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा पाउन सक्ने अपेक्षा गरिएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

चाडपर्व लक्षित आकस्मिक स्वास्थ्य सेवाका लागि मेरिङदेनद्वारा विशेष योजना
रेडियो ताप्लेजुङ असोज २७ गते । चाडबाडको छुट्टीको समयमा आकस्मिक स्वास्थ्य सेवाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विशेष योजना अघि सारेको

ताप्लेजुङ अस्पतालको निर्माणाधीन भवनको विषयमा चाँडै निर्णय लिन्छौँ : सांसद थापा
रेडियो ताप्लेजुङ असोज २७ गते । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ अभियान २०८३’ अन्तर्गत ताप्लेजुङ

पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा
रेडियो ताप्लेजुङ असोज २६ गते । मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। एक करोड ४३ लाख रुपैयाँ लागतमा निर्मित


..jpeg)


प्रतिकृया दिनुहोस