ताजा खबर

राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग

SITENAME

रेडियो ताप्लेजुङ

असोज १८ गते ।

गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति ताप्लेजुङ क्षेत्र ‘ख’ले आर्थिक सहयोग गरेको छ।

आइतबार आगलागी स्थल दोभान बजार पुगेको राप्रपा प्रतिनिधिको टोलीले नगद रु. ५१ हजार प्रदान गरेको मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिले जनाएको छ। उक्त रकममध्ये क्षतिको विवरणअनुसार अधिकतम ६ हजार ५ सयदेखि न्यूनतम २ हजार रुपैयाँसम्म प्रदान गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

जम्मा १५ जना परिवारले उक्त राहत रकम बुझेका हुन्।

विद्युत् सर्ट भई आगलागी हुँदा दोभान क्षेत्रका १० घर जलेर नष्ट भएका छन्। उक्त घरमा बसोबास तथा व्यापार गर्दै आएका १५ परिवार विस्थापित भएका छन्। विभिन्न निकायले राहत सामग्री तथा नगद सहयोग गरिरहेका छन्। मेरिङदेनले सहजताका लागि प्रकोप व्यवस्थापन बैंक खातासमेत सञ्चालनमा ल्याएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

  

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

SITENAME

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार