कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख

रेडियो ताप्लेजुङ
असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार सम्पन्न भएको छ।
उक्त अवसरमा सदरमुकाम फुङ्लिङस्थित एक होटलमा कार्यक्रम गर्दै आर्थिक वर्ष २०८२/८३ मा संस्थाले १ करोड ५४ लाख ९९ हजार ९ सय ४० रुपैयाँ आम्दानी गरेको जनाएको छ। संस्थाले १ करोड ३९ लाख ४९ हजार ७ सय ८८ रुपैयाँ खर्च गरेको छ। सहकारीले १३ लाख ९५ हजार १ सय ३६ रुपैयाँ नाफा गरेको जनाएको छ।
सहकारीमा २ हजार ७ सय ९५ जना सेयर सदस्य रहेका छन्। जसमा महिला १ हजार ७ सय ७३ र पुरुष १ हजार २२ जना रहेका बताइएको छ।
रजत जयन्तीको अवसरमा सहकारीका बाल बचतकर्तामध्ये एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने पाँच जना विद्यार्थीलाई सम्मान गरिएको हो। सम्मानित हुने विद्यार्थीहरूमा स्नेह तामाङ, निसुङहाङ सेन्दाङ, युनिक अधिकारी, साइन्सा साम्सोहाङ र मोबिचन यवागु रहेका छन्।
प्रति विद्यार्थी नगद १ हजार रुपैयाँका साथमा सम्मानपत्र र ताप्लेजुङको परिचय दिने पुस्तक प्रदान गरिएको अध्यक्ष चन्द्रकुमार यवागुले बताउनुभयो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन
रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका

दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग
रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई ताप्लेजुङ प्रशासनको निर्देशन
रेडियो ताप्लेजुङ असोज २६ गते । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न व्यवसायीहरूलाई निर्देशन दिएको



.jpeg)


..jpeg)

प्रतिकृया दिनुहोस