ताजा खबर

फुङ्लिङ  ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री 

SITENAME

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते 

फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वर्षभरि पुग्ने गरी शैक्षिक सामग्री वितरण गरेको छ। बिहिबार विशेष कार्यक्रमका बीच वडा भित्रका बगरबारी आधारभूत विद्यालय ,बाँझो गरा आधारभूत विद्यालय र अमर स्मृति आधारभूत विद्यालयमा तीन लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष मदन गुरुङ तेजले बताउनुभयो। योसँगै वडा नम्बर ६ ले ३ आर्थिक वर्ष नियमित रूपमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सामग्रीको अभावका कारण शिक्षा लिनबाट वञ्चित नहुन भनेर उक्त कार्यक्रमलाई प्रत्येक आर्थिक वर्ष समेटिएको वडाध्यक्ष गुरुङको भनाइ छ। उक्त कार्यक्रमबाट यस आर्थिक वर्षमा २३६ जना विद्यार्थीहरू लाभान्वित भएको ६ नम्बर वडाले बताएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

SITENAME

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार