अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १५ गते
अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका १ एका अन्दाजी ५० वर्षका छत्रबहादुर सुनुवारको मृत्यु भएको हो । सुनुवार बुधबार राति १० बजेको समयमा फुङ्लिङ ६ को थुवाजुङस्थित सुभास मादेनको बारीमा रहेको चिलाउनेको रुखमा चढी अरिङ्गाल झार्ने क्रमबाट रुखबाट लडेका थिए। अन्दाजी १० मिटर तल खसेका सुनुवारको घटनास्थलमा मृत्यु भएको वडाध्यक्ष रुद्र मादेनले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
..jpeg)
पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु
रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार


..jpeg)


प्रतिकृया दिनुहोस