ताजा खबर

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

SITENAME

रेडियो ताप्लेजुङ

भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

 

नियमभन्दा बढी शुल्क लिएको जनगुनासो बढेकाले मङ्गलबार पालिकाले त्यसतर्फ आफ्नो धारणा सार्वजनिक गरेको हो।

नेपालको संविधान २०७२ को धारा ३१,अनिवार्य शिक्षासम्बन्धी ऐन २०७५ ,नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशको गत २०८३ साल अषाढ ३२ गतेको पत्रानुसार गर्न भनिएको छ। 

सो नियम अनुसार ट्रान्सक्रिप्ट, टीएमपीलगायत तोकिएका प्रमाणपत्रहरूमा विद्यालयहरूले विद्यार्थीबाट १५०० मात्र लिन पाउने व्यवस्था रहेको छ। 

सोही अनुरूप १५०० भन्दा बढी नलिन पालिकाले पालिका भरिका माविहरूलाई आग्रह गरेको छ।

 

यदि विद्यालय/परीक्षा कार्यालयले बढी रकम मागेमा रसिदसहित राष्ट्रिय परीक्षा बोर्डमा उजुरी गर्न सकिन्छ। बोर्डले छानबिन गरेर बढी लिएको रकम फिर्ता गराउने र सम्बन्धित कर्मचारी/संस्थामाथि विभागीय वा अन्य आवश्यक कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु

रेडियो ताप्लेजुङ कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

SITENAME

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

SITENAME

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन

रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार